हरियाणामा पूर्व क्रिकेटर युवराज सिंहविरूद्ध मुद्धा दर्ता भएको छ। युवराजविरूद्ध नेशनल अलायन्स र दलित ह्युमन राइट्सका संयोजक रजत कलसनले मुद्धा दायर गरेका हुन्।
युवराजले रोहित शर्माको लाइभ च्याटमा युजवेन्द्र चहलविरूद्ध जातियता दर्शाउने टिप्पणी गरेका थिए। लगभग ८ महिना पुरानो यो घटनालाई लिएर उनीविरूद्ध मुद्धा दर्ता भएको हो।
उजुरीकर्ता कलसनले गत वर्ष २ जुनमा प्रहरीमा उजुरी हाल्न जाँदा प्रहरीले नलिएको बताएका छन्। यसपछि उनले ११ जुनमा हिसारको एउटा अदालतमा उजुरी हालेका थिए।
उनको उजुरीमाथि फैसला गर्दै न्यायाधीस वेदपाल सिरोहीले प्रहरीलाई मुद्धा दर्ता गर्न आदेश दिएको छ।