आर्नोल्डको पुन: फिल्म खेल्ने रहर

द टर्मिनेटर, कमान्डो र टोटल रिकल जस्ता कालजयी र सुपरहिट सिनेमाका नायक तथा क्यालिफोर्नियाका पूर्व राज्यपाल आर्नोल्ड स्वार्जनेगरले आफूलाई पुन: सिनेमामा काम गर्ने इच्छा भएको बताएका छन्। राजनीतिमा प्रबेश गरेपछि लामो समयदेखि सिनेमाबाट टाढा भएका नायक स्वार्जनेगर मुटुको सल्यक्रिया गरेपछि घरमै आराम गरिरहेका छन्।

भेराइटी डटकमसँग कुरा गर्दै नायक स्वार्जनेगरले भने, ‘चिकित्सक र नर्सले मलाई बचाए, सायद खराब मान्छेको आयु धेरै हुन्छ, म एउटा खराब मान्छे हुँ।’ दर्शकको मायाले आफू यो स्थानमा पुग्न सफल भएको बताउने नायक स्वार्जनेगरले भने, ‘वास्तवमा मेरो कुनै हैसियत छैन।

’ आफूफेरि सिनेमामा अभिनय गर्ने बताउने नायक स्वार्जनेगर भन्छन्, ‘अझै पनि मलाई दर्शक र निर्देशकहरुले विश्वास गर्लान भन्ने आशा गर्दछु।’ ३० जुलाई १९४७ को दिन स्टायरिया, अष्ट्रियामा जन्मेका नायक स्वार्जनेगरलाई उनका सहकर्मी अत्यन्तै शान्त र मजाक गर्ने स्वभाव भएको मान्छेको रुपमा स्मरण गर्छन।

प्रकाशित मिति: : 2021-02-16 10:00:00

प्रतिकृया दिनुहोस्