प्रहरी कार्यालयभित्र खिया लाग्दै हजारौँ सवारी

जस्व नतिरेका, समयमा नवीकरण नगरिएका, आपराधिक कार्यमा संलग्न गराइएका, दुर्घटना गराएर चालक फरार भएका, विनाकागजात चलाइएका र फुटपाथमा जथाभावी पार्किङ गरिएका सवारीसाधन जफत गर्दै कार्यालयमा थन्क्याउँदै ट्राफिक प्रहरी
000

देशभरिका प्रहरी कार्यालयमा खिया लागेका सवारीसाधनको थुप्रो लागेको देख्न सकिन्छ । ट्राफिक महाशाखाको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा मात्र पाँच हजारभन्दा बढी सवारीसाधन थन्किएका छन् । यस्ता सवारीसाधन बिग्रिएका नभई ट्राफिक प्रहरीले विभिन्न कसुरमा नियन्त्रणमा लिएका, तर सवारीधनीले दाबी नगरेका हुन् । जसमा गाडीको तुलनामा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ ।

ट्राफिक महाशाखाका अनुसार, बाटोमा चेकजाँचको क्रममा प्रक्रिया नपु¥याई चलाइएका सवारीसाधन दैनिक पक्राउ गरी नियन्त्रणमा लिइन्छन्, जसमध्ये आधाभन्दा बढी मोटरसाइकल सवारीधनी दाबी गर्नै आउँदैनन् । देशभरिका प्रहरी कार्यालयमा कति सवारीसाधन थन्किएका छन् भन्ने वास्तविक तथ्यांक न ट्राफिक प्रहरीसँग छ, न यातायात विभागसँग नै । राजस्व नतिरेका, समयमा नवीकरण नगरिएका, आपराधिक कार्यमा संलग्न गराइएका, दुर्घटना गराएर चालक फरार भएका, विनाकागजात चलाइएका र फुटपाथमा जथाभावी पार्किङ गरिएका सवारीसाधन महानगरीय ट्राफिक प्रहरीले जफत गरी कार्यालयमा ल्याएर राख्दै आएको छ ।

प्रकाशित मिति: : 2021-02-15 18:29:00

प्रतिकृया दिनुहोस्