अंकिता त्रिपाठी
जीवन यात्रा हो। यात्रा अनन्त, तर एक्लै जानुछ।
आजको यात्रा सहायक मात्रै हो। मलाई रत्नपार्क जानु थियो।
हतार थिएन, तर हतार-हतारमै निस्किएँँ। यस अर्थमा कि म समयको धेरै ख्याल गर्ने मान्छे हुँ।
आज रत्नपार्कमा नेकपाको विशाल जनभेला हुने भएकोले मलाई ठीक ११:३० मा रत्नपार्क पुग्नु थियो।
कलंकीबाट रत्नपार्क धेरै टाढा छैन, तर मलाई हतार थियो। ९:३० बज्दा घडी निकै सुस्त गतिले चलेझैं लाग्यो। राजेन्द्र दाइको फोन आयो, ‘हजुर छिट्टै आइहाल्नु है! एमर्जेन्सी छ।’
मैले ‘हस्’ मै कुरा टुङ्ग्याइदिए। ‘किन?’ भनि सोधिनँ, सोध्ने माहोल थिएन।
देशको अस्तव्यस्त स्थिति सबैको चिन्ताको विषय बनेको थियो। म घरबाट निस्किएँ।
‘रत्नपार्क रत्नपार्क दिदी जाने हो?’ सहचालकको काम गरिरहेका एक बच्चाको आवाज सुनेँ। गाडीमा चढे। ती बालक काठमाडौंको हिउँदे चिसोमा कठ्याङ्ग्रिँदै यात्रु बोलाउँदै थिए।
कलंकीमा कसले बढी मान्छे तान्ने भन्नेमा गाडीहरू बीच होडबाजी चलेको छ। यी बालकको विवशता पनि उही हो। कानूनको हात भए पनि यहाँसम्म पुगेकै छैन।