भागरथी हत्या प्रकरण : यसकारण बन्दैछ पेचिलो

रातोपाटी

काठमाडाैं

बैतडीको दोगडाकेदखार गाउँपालिका ३ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको शुक्रबार ९ दिन पूरा भयो । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको हत्या भएको थियो ।

२१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झडीभित्र फेला पारेका थिए ।

भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीकाृ शव उठाइएको थियो । 

घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सोको चिकित्सक, आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडी पठाइएको थियो ।

पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टी भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको हत्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् ।

प्रकाशित मिति: : 2021-02-12 13:28:00

प्रतिकृया दिनुहोस्