सरकार झन्-झन् निरंकुश, अभिव्यक्ति स्वतन्त्रतामाथि अस्वभाविक अंकुश

शिलापत्र

काठमाडाै‌ं

शिशिर ढकाल

प्रदर्शनीमार्गमा बुधबार नेकपाको प्रचण्ड-नेपाल समूहले गरेको सभालाई सम्बोधन गर्दै नेतृ रामकुमारी झाँक्रीले सरकार र राष्ट्रपतिमाथि आक्रोश पोखिन् । 

सरकारले बोल्न पाउने अधिकारलाई खोस्न खोजेकोप्रति उनको आक्रोश थियो । सभामा झाँक्रीले भनिन्, ‘बोल्न पाइन्छ, संविधान मिचाहाविरुद्ध बोल्न पाइन्छ । राष्ट्रपति शिरमाथिको संस्था हो तर निरंकुशताको प्यादा बन्छ भने बोल्न पाइन्छ । एउटा खलपात्रका विषयमा कुरा गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर बोल्न पाइन्छ ।’

उनलाई गिरफ्तार गरेर सरकारले प्रष्ट सन्देश दिएको छ- राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धका अभिव्यक्ति मुलुकमा निषेध छ ।

‘हामीले सात दशक लडेर ल्याएको संविधानले बोल्न पाउने अधिकारलाई प्रत्याभूत गरेको छ । सरकारविरुद्ध पनि बोल्न पाइन्छ । राष्ट्रपतिविरुद्ध पनि बोल्न पाइन्छ । राजनेता र राजमाताविरुद्ध बोल्न पाइँदैन भन्नु फाँसीवादी प्रवृत्ति हो,’ प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले शिलापत्रसँग भने ।

प्रकाशित मिति: : 2021-02-11 17:32:00

प्रतिकृया दिनुहोस्