सरस्वती पुजाको नाममा चन्दा नउठाउन प्रजिअ कणेलको निर्देशन

विजय साह

जनकपुर

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले विद्यार्थीबाट सरस्वती पुजाको नाममा चन्दा नउठाउन निर्देशन दिएका छन्।

प्रजिअ कणेलेले सिरहाको १७ वटै पालिकाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्रमार्फत सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबाट सरस्वती पुजाको नाममा चन्दा संकलन नगर्न निर्देशन दिएका हुन्।

सरस्वती पुजा भक्तिभावका साथ विधिपूर्वक सम्पन्न गर्न ठूलो धनराशी नलाग्ने हुँदा सरस्वती पुजाको नाम विद्यार्थी वा अभिभावकसँग कुनै किसिमको शुल्क वा चन्दा नअसुल्न र शुल्क लिइसकेको भए फिर्ता गर्न समेत कडा निर्देशन दिएका छन्।

साथै उनले डिजे बाजाको प्रयोग नगर्न, अश्लिल तथा छाडा गीत नबजाउन र मूर्ति विसर्जनको बेला बालबालिकालाई प्रयोग नगर्न पत्रमा भनेका छन्।

प्रजिअ काणेलको यस निर्णयलाई विद्यार्थीका अभिभावकहरुले खुशी प्रकट गरेका छन्। निर्णयलाई कार्यान्वयनमा ल्याउन अभिभावकहरुले आग्रह गरेका छन्।



जानकी मेडिकल कलेजका कर्मचारीहरु २४ दिनदेखि रिले अनशनमा

प्रदेश प्रमुख परियारले गरे विधेयक प्रमाणीकरण

प्रकाशित मिति: : 2021-02-11 17:22:00

प्रतिकृया दिनुहोस्