प्रदेश प्रमुख परियारले गरे विधेयक प्रमाणीकरण

विजय साह

जनकपुर
फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश नम्बर २ का प्रमुख तिलक परियारले प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार सो विधेयक प्रमाणीकरण गरेका हुन्।

प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा कार्तिक ३ गते पारित भई माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा विधेयक दर्ता भएको थियो।

निजामती प्रशासनलाई व्यवसायिक, मर्यादित र प्रभावकारी बनाउन निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने प्रयोजनले यो ऐन बनाइएको प्रदेश २ सरकारले बताएका छन्।

यो विधेयक प्रमाणीकरण भएसँगै प्रदेश २ मा हालसम्म प्रमाणिकरण हुने विधेयकको संख्या ३९ पुगेको छ।

प्रकाशित मिति: : 2021-02-10 16:47:00

प्रतिकृया दिनुहोस्