बिएल संवाददाता
दाङमा विगत तीन वर्षदेखि बन्द रहेको माटो परीक्षणको काम पुनःसञ्चालनमा आएको छ।
कृषि ज्ञान केन्द्र घोराहीमा माटो परीक्षणको काम सञ्चालनमा आएको हो। माटो परीक्षण कार्य सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत भएको छ।
किसानको खेतीयोग्य जमिनको नमूना माटो परीक्षण गरी त्यसमा भएका चारवटा तत्वको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको गुणत्मक नतिजा दिनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए। दाङका किसानलाई बाँकेको खजुरामा माटो परीक्षण गर्न जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
माटोको नमूना प्रयोगशाला सञ्चालनमा आएपछि सबै किसानले आफ्नो खेतबारीको प्रतिनिधित्व हुने गरी कुन बाली लगाउने हो त्यसको जरा कति सतहमा जान्छ त्यस्तो ठाउँको माटो ल्याउनुपर्छ भन्ने जानकारी हुन्छ। माटो परीक्षण गर्न ल्याउनुभन्दा पहिले कुन मल र कति राखेको छ त्यसको पनि जानकारी किसानले दिनुपर्छ।
किसानको खेतबारीबाट आधा किलोजति माटो राम्रोसँग (छायाँमा) सुकाएर सुक्खा माटो कृषकले ज्ञान केन्द्रमा ल्याएपछि त्यसको जाँच हुने प्रमुख धितालले जानकारी दिए।
घोराहीमा भएको परीक्षण केन्द्रमा दाङका किसानले निःशुल्करूपमा माटो परीक्षण गर्ने सुविधा छ। अहिले कार्यालयसँग एक हजार ५०० सम्म परीक्षण गर्ने क्षमता रहेको छ। माटो परीक्षणको नतिजा एक दिनमै किसानलाई दिन सकिन्छ र एक दिनमा ३० देखि ५० वटासम्म परीक्षण गर्न सकिने उनले जानकारी दिए।
जिल्ला कृषि विकास कार्यालय हुँदा माटो परीक्षणको दरबन्दी र बजेट थियो। देश सङ्घीयतामा गएपछि कार्यालय समायोजन भएर ज्ञान केन्द्र भएपछि दरबन्दी र बजेट अभावले माटो परीक्षण कार्यलाई निरन्तरता दिन सकिएको थिएन। अहिले प्रदेश सरकारको वार्षिक बजेटलाई परिचालन गरेर काम थालेको उनले बताए। रासस
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया