तस्विरमा हेर्नुहोस् नेकपा प्रचण्ड समूहले काठमाडौंमा गरेको विरोध सभा 

शनि शाक्य

काठमाडौं

नेकपा प्रचण्ड समूहले बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा आमसभा सम्पन्न गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते नयाँ जनादेशको लागि भन्दै प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेर विघटन गरेसँगै नेकपाको एउटा पक्ष विरोधमा उत्रिएको थियो।

प्रधानमन्त्री ओली र प्रचण्ड समूहले आ–आफ्नो शक्ति प्रर्दशन गर्न देशका विभिन्न स्थानबाट नागरिकलाई काठमाडौंमा उपस्थित गराएर शक्ति प्रदर्शन गर्दै आएका छन्।

गत माघ २३ गते प्रधानमन्त्री ओली समूहले काठमाडौंकै दरबारमार्गमा शक्ति प्रर्दशन गरेको थियो। लगत्तै, प्रचण्ड समूहले बुधबार शक्ति प्रर्दशन गरेको हो।

बुधबारको आयोजित विरोध सभामा देशभरका कार्यकर्ताहरु राजधानीमा सहभागी भएका थिए। प्रचण्ड समूहको विरोध सभामा तराई क्षेत्रका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेकाे थियो।

पूर्वप्रधानमन्त्री तथा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायाणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

आयोजकले आमसभामा २ लाख जनसागर उपस्थित गराएको दाबी गरेको छ।

प्रकाशित मिति: : 2021-02-10 20:51:00

प्रतिकृया दिनुहोस्