मन परेको मान्छेलाई कहाँ सजाउने ?

शिलापत्र

काठमाडौं

केही दिनअघि मेरो भाइले उसकी प्रेमिकाको फोटो आफू सुत्ने कोठामा निर्धक्क सजाएर राखेको देखेँ । मुटु आकारको सुन्दर फोटो फ्रेमभित्र नदी किनारामा उभिएर हातमा हात मिलाएको, ओठमा मुस्कान सजिएको युगल जोडीको तस्वीर लोभलाग्दो थियो । केटीले आफूले मन परेको केटाको तस्वीरको त कुरै छाडौँ, उतिखेर मेरो उमेरसमूहका केटाहरूसमेतले आफ्नो किशोरावस्थामा आफूलाई मन परेको मानिसको फोटो यसरी भित्तामा सजाउने हिम्मत कहिल्यै गरेको मैले थाहा पाएकी छैन । 

आफ्नो किशोरावस्थालाई अहिले सम्झन्छु । म हुर्किएको काँठमा पुग्ने हो भने अझ फरक खालको अभ्यास थियो । कतिसम्मको विभेदपूर्ण प्रचलन थियो भने छिमेकी दाइको विवाहमा जन्ती बनेर जान मेरा उमेरसमूहका किशोरीहरूले रहर गर्‍यौँ । तर, हामी छोरी मान्छे भएकै कारण जन्त जान अनुमति पाएनौँ । छिमेकी दाइको बिहेमा जन्त जान नपाउने कुरा हेर्दा सामान्य देखिन्छ । तर, त्यही आँखीझ्यालबाट यो समाजको द्वेषी मानसिकता देखिन्छ ।

जन्तसँग जोडिएको काँठे समाजशास्त्रको प्रभावले हामी काँठका छोरीहरूलाई कतिसम्म खेदेको छ र आजपर्यन्त त्यो खेदाइको शृङ्खला टुटेको छैन भन्ने बुझाउने प्रयास मात्र हो यो । 

काँठैमा जन्मे, हुर्कें र आजसम्मको दैनिकी काँठको घर र शहरको जागिरमै चलेकाले काँठको रीतिथितिबारे भलिभाँती जानकारी राख्दछु । काँठका छोरीहरू, बुहारीहरू र आमाहरूको जीवन मजत्तिको काँठेले भन्दा बढी अरु कसले देखेको होला र भन्न म पछि पर्दिनँ । अन्यत्रझैँ काँठका मानिसका केही मौलिक आदत छन् र कतिपय दोषपूर्ण छन् ।

आफ्नै खालको परम्परा हुनु आफैँमा दोष होइन । तर, दोषपूर्ण परम्परा छ भने परिमार्जन वा खारेज गर्न पनि अबेर गर्नुहुन्न भन्ने मत हो मेरो । 

प्रकाशित मिति: : 2021-02-10 10:10:00

प्रतिकृया दिनुहोस्