विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ।

सोमबारको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक समेत रहेका शाक्यलाई नेपाल विद्युत् प्राधिकरणकाे जिम्मेवारी दिएकाे हाे।

प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो।

घिसिङले पुनः नियुक्तिका लागि लबिङ गरेपनि त्यसबेला सरकारले उनलाई पुनःनियुक्ति नगरेपछि उनको सम्भाबना सकिएको थियो।

प्रकाशित मिति: : 2021-02-09 12:16:00

प्रतिकृया दिनुहोस्