नेपाल र बेलायत सम्बन्ध सुदृढ तुल्याउने सहमति 

NMB News

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदबीच आज अपराह्न भएको भर्चुअल बैठकमा बहुआयामिक नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति भएको भएको छ। 


बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   

दुई पक्षबीच आपसी सहयोग, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो।

प्रकाशित मिति: : 2021-02-08 21:53:00

प्रतिकृया दिनुहोस्