अमेरिकामा ९ मार्चदेखि एच–१ बी भिसा खुला गरिने

फाइल तस्वीर
फाइल तस्वीर

अमेरिकाले विशेषज्ञ विदेशी कर्मचारीका लागि जारी गर्ने एच–१ बी भिसाको रजिस्ट्रेशन ९ मार्चमा खुला गर्ने भएको छ। यो प्रक्रिया २५ मार्चमा सम्पन्न हुनेछ। 

लोटरी सिस्टममा सफल हुने निवेदकको घोषणा ३१ मार्चमा भइसक्ने राष्ट्रपति वाइडेन प्रशासनले गरेको छ। अमेरिकी एजेन्सी सिटिजनशीप एण्ड इमिग्रेशन सर्भिसेसले यस विषयमा जानकारी दिँदै भनेको छ, ‘एच–१ बी भिसा प्राप्त गर्न सफल विदेशी विशेषज्ञ कर्मचारीले अमेरिकाको वित्त वर्ष १ अक्टुबरदेखि काम सुरु गर्नसक्ने छन्।’

अमेरिकाले वर्षमा ६५ हजारलाई एच–१ बी भिसा उपलब्ध गराउने गर्छ। यसअघि डोनाल्ड ट्रम्पको प्रशासन हुँदा यसमा निकै कडाईं गरिएको थियो। तर, वाइडेन राष्ट्रपति नियुक्त भएसँगै एच–१ बी भिसालाई पहिलेजस्तै खुकुलो पारिएको छ।

प्रकाशित मिति: : 2021-02-08 07:02:00

प्रतिकृया दिनुहोस्