बिरोधपत्र बुझाउन हिडेका प्रचण्ड निकट बिद्यार्थीलाई प्रहरीले रोक्यो (भिडियो रिपोर्ट)

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरोध पत्र लिएर प्रधानमन्त्री कार्यलय सिंह दरबार हिडेका प्रचण्ड निकट बिद्यार्थीलाई प्रहरीले रोकेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री कार्यलय सिंह दरबारमा संसद विघटनको बिरोध पत्र लिएर गएका प्रचण्ड निकट अनेरास्ववियुका विद्यार्थीलाई प्रहरीले हुनुमानस्थानमा थियाे। 

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले बिद्यार्थीलाई रोकेको हो। 

प्रहरीले रोकेपछि विद्यार्थीले बिरोधपत्र सडकमै प्रदर्शन गरेका थिए। 

प्रचण्ड निकट बिद्यार्थीले प्रधानमन्त्री ओलीले गरेको  पुस ५ गते गरेको संसद विघटन असंवैधानिक भएको भन्दै बिरोध जनाउँदै आएको छ।

प्रकाशित मिति: : 2021-02-07 18:06:00

प्रतिकृया दिनुहोस्