म्यान्मारः बर्मेली नेपालीलाई रीना वाग्लेको 'भिडियो सन्देश'

बिएल संवाददाता

थाइल्याण्ड

म्यान्मारको सैन्य कूविरुद्व शनिबारदेखि हजारौं मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले प्रजातन्त्रवादी नेत्री आङ सान कु कीसहितलाई तत्कालै रिहाईको माग गरेका छन्।

गत सोमबार म्यान्मारको सेनाले सत्ता हातमा लिएपछि मान्माली जनता आन्दोलित बनेका हुन्। उनीहरू म्यान्मारको प्रजातन्त्र सैन्य सत्ताले पुनः हत्या गरेको बताउँछन्।

सामाजिक संजालमार्फत सैन्य 'कू'को तीब्र विरोध भएपछि सेनाले फेसबुक, वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।  

राजनीतिक संटकका बिच म्यान्मारमा बसोबास गर्ने नेपालीभाषी (गोर्खा)का सन्दर्भमा बर्मेली नेपाली रिना वाग्लेको 'बिएल भिडियो सन्देश' प्रस्तुत छ–

प्रकाशित मिति: : 2021-02-07 15:17:00

प्रतिकृया दिनुहोस्