नारायणहिटीमा बम !

बाह्रखरी

काठमाडाैं

राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद भंग गरी (२०१७ साल पुस १) प्रथम जननिर्वाचित बीपी कोइरालालाई जेल हाले पछिको कुरा हो । वेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण फागुन १५ हुने तय भइसकेको थियो । कांग्रेसका सबै जसो शीर्ष नेता कि त जेलमा थिए कि प्रवासमा । कुअघि कलकत्ता पुगेका उपप्रधानमन्त्री सुवर्णशमशेर राणाले प्रजातन्त्र माथि कु भएका बेला प्रजातन्त्रको जननी मानिने बेलायतकी महारानीको भ्रमण स्थगित गर्दा उचित हुने सुझावसहित बेलायत सरकारलाई ज्ञापनपत्र बुझाउने व्यवस्था मिलाए । 
पत्रमा नेपालमा प्रजातन्त्र फर्काउनका लागि दबाब दिनसमेत आग्रह गरिएको थियो । तर, बेलायती परराष्ट्रमन्त्री लर्ड ह्युमले अशान्तिको अवस्था नभएकाले भ्रमण स्थगित नहुने

आशयको वक्तव्य दिए । 
राजाविरुद्ध कांग्रेसजनमा आक्रोश चुलिएको थियो । महारानीको भ्रमणको पूर्व सन्ध्यामा ‘एक्सन’ गर्ने कार्यक्रम बनाइए । पूर्वसभामुख तारानाथ रानाभाटले आफ्ना बाबु नारायणदत्तले त्यहीताका कलकत्ता पुगेर सुवर्णशमशेरलाई भेटेको प्रसंग सुनाउँदै लेखकसँग भनेका छन् – ‘मेरो बुबाले जोसिएर भन्नु भएछ । अब मलाई बन्दुक दिनुहोस्, सारालाई खत्तम गरेर म मर्न पनि सक्छु । प्रजातन्त्र ल्याउनुपर्छ । जेलका साथीहरुलाई मुक्त गर्नुपर्छ ।’

तिनैता काको कुरा हो सुवर्णका विश्वासपात्र पाटनका तेजनन्दन जोशी र विश्वनाथ उपाध्यायसहितका मानिस मिसनका लागि कलकत्ताबाट काठमाडौं आए । ‘सुन्दरीजल पावर हाउस उडाउने तयारी गरिरहँदा करेन्ट लागेर रामबहादुर क्षेत्रीको मृत्यु भयो । अनि योजना कार्यान्वयनमा आउन सकेन ।

प्रकाशित मिति: : 2021-02-07 10:09:00

प्रतिकृया दिनुहोस्