गायक आनन्द कार्कीको जीवन : अहिले पनि प्रेम प्रस्ताव राख्ने धेरै छन्

रातोपाटी

काठमाडौँ

कुवेर गिरी

नेपाली साङ्गीतिक धरातलमा करिब ४ दशक बिताइसकेका गायक आनन्द कार्की अहिले पनि उत्तिकै सक्रिय छन् । प्रत्यक्ष रूपमा धेरैले उनलाई नचिन्न पनि सक्लान् । तर उनले गाएका गीत नसुन्ने र नगुन्गुनाउने बिरलै होलान् । ‘जनम जनम जिउँला सँगै’, ‘लाग्छ मन हेरी रहूँ’, ‘तिम्रो रूपको’, ‘यी हल्लाहरू हुन्’ लगायत उनका कयौँ गीत हिट छन् । ‘जनम जनम जिउँला सँगै’ उनको यो पुराना गीत अहिले टिकटक, सामाजिक सञ्जाल लगायत सबैतिर भाइरल भएको छ । यो गीत केही पहिले उनले एक स्टेज कार्यक्रममा गाएपछि फेरि चर्चामा आएको हो । सोलुखुम्बुमा जन्मिएर भारतमा हुर्किएका उनी २०४२ सालदेखि औपचारिक रूपमा गायनमा होमिएका थिए । 

आधुनिक, भजन, गजल, फिल्म, राष्ट्रिय गीतलगायत करिब ५ हजारभन्दा बढी गीतमा स्वर भरेका उनले ७ वटा भाषाका गीत गाएका छन् । कोरियन गीत गाउने उनी नेपालको पहिलो गायक पनि हुन् । आफ्नो गायनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देश चिनाउन निरन्तर क्रियाशील वरिष्ठ गायक आनन्द कार्कीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा । 

 

प्रकाशित मिति: : 2021-02-06 14:57:00

प्रतिकृया दिनुहोस्