चितवनको भरतपुरमा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ।
भरतपुर महानगरकी प्रमुख रेणु दाहालले ब्याटिंग गरेर आज हुने एकदिवसीय खेलको उद्घाटनसमेत गरेकी छिन। उनले ब्याटिंग र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बलिंग गरेर सुरु गरेका थिए।
राष्ट्रिय आयोजनाको कामहरु गर्नको लागि आफुले धेरै प्रयास गरेको रेणुले दावी गरिन्। 'देश तथा विदेशमा रहने नेपालिहरुलाई सहयोगको लागि आह्वान गरेकी छु' उनले भनिन्।
उक्त कार्यक्रममा भरतपुर् महानगरका उपप्रमुख तथा चितवन उद्योग संघका अध्यक्षलगायतका अन्य नेताहरुको उपस्थिति रहेको थियो।