भागरथी भट्ट हत्याको अनुसन्धान गर्न सभापति देउवाको माग

प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका सभापति  शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।

'बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खवरले निकै मर्माहित भएको छु। उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।' सभापति कांग्रेसले सामाजिक संजालमा लेखेका छन्।

भागरथी विद्यालयबाट फर्कंदा उनको घर पुग्न २० मिनेट पैदल दूरी बाँकी रहेको लवलेक जंगलमा २२ गते बीभत्स अवस्थामा भट्टको शव भेटिएको थियो ।
उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।

प्रकाशित मिति: : 2021-02-06 12:11:00

प्रतिकृया दिनुहोस्