जिल्लामा एक हजार २६८ जनाले कोभिडविरुद्धको खोप लगाएका थिए तर १७ जनामा समस्या देखिएको छ।
१५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको छ भने दुई जनालाई ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए।
दुई जनामध्ये एक जना मध्यनेपाल नगरपालिकाका स्वास्थ्यकर्मी महिला र अर्का मस्र्याङ्दी गाउँपालिकाका स्यवसेविका रहेकी छन्।
'स्वंमसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको हो' उनले भने।