‘एकीकरण मार्ग : बृहत् सेमिनार’ शुरु

हाम्रो पात्रो

नेपालको इतिहासँग जोडिएका एकीकृत पदमार्ग, सम्पदा, गढी, किल्ला संरक्षणमा साझा बुझाइका साथ एकीकृत कार्ययोजना बनाउन सहयोग पुगोस् भन्ने हेतुले सैनिक मुख्यालयमा एकीकरणमार्ग बृहत् सेमिनार शुरु भएको छ।

‘एकीकरण मार्गको चाहना : राष्ट्रिय एकताको भावना’ भन्ने मूल आदर्शभाव रहेको उक्त गोष्ठीको प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा शुभारम्भ गरे। नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी तथा सरकारको नीति तथा कार्यक्रममा समाविष्ट ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउने उद्देश्य उक्त कार्यक्रम गरिएको सेनाले जानकारी दिएको छ।

प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट उक्त दिने कार्यक्रमको समापन समारोहमा सम्बोधन हुनेछ। प्रदेश तथा स्थानीय सरकारका पदाधिकारी, सरकारका सचिव, महानिर्देशक तथा निर्देशक, इतिहासविद्, संस्कृतिविद्, उच्च सैनिक अधिकृत र सञ्चारकर्मीको कार्यक्रममा सहभागिता छ। 

उक्त कार्यक्रम अघिल्लो वर्षदेखि सरकारको नीति तथा कार्यक्रममा पर्दै आएको छ। इतिहास र संस्कृति  संरक्षणको उक्त कार्यमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, सरोकारवाला मन्त्रालय, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्बाट आवश्यक सहयोग मिल्ने सेनाले विश्वास लिएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र नेपालको एकीकरणका अभियन्ताले मुलुक निर्माणका क्रममा प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गरी समृद्धिसँग जोड्न सेनाले पछिल्लो समय विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। रासस 

प्रकाशित मिति: : 2021-02-04 20:46:00

प्रतिकृया दिनुहोस्