जलवायु परिवर्तनकी अभियन्ता ग्रेटा थनबर्गविरूद्ध भारतको राजधानी दिल्लीमा मुद्धा दर्ता भएको छ। भारतमा ७१ दिनदेखि जारी किसान आन्दोलनलाई समर्थन गर्दै ग्रेटाले सोसल मिडियामा एउटा ट्वीट गरेकी थिइन।
उनीविरूद्ध किसान कानुनको विरोध गर्न आपत्तिजनक पोस्ट गरेको आरोप छ। भारतीय नायिका कंगना रनौटले किसान कानुनको विरोध गर्ने विदेशी कलाकार तथा अभियन्ताको विरोध गर्दै आइरहेकी छिन्।
हलिउड गायिका रेहानाले पनि किसान आन्दोलनको समर्थन गर्दै ट्वीट गरेकी थिइन। यसको पनि कंगनाले विरोध जनाएकी थिइन। माइक्रो ब्लोगिङ साइट ट्वीटरले बिहीबार कंगनाको केही ट्वीट डिलिट गरेको छ।
कम्पनीले ‘हेट स्पीच’ सँग जोडिएको कानुन उल्लंघन गरेको भन्दै कंगनाको ट्वीट डिलिट गरेको हो।