नेकपा (प्रचण्ड) समूहको आमहड्तालः यस्तो छ वीरगञ्जको तस्वीर  

प्रचण्ड–माधव समूहको आमहड्तालका कारण वीरगञ्ज सामान्य प्रभावित भएको छ।

मुख्य बजार क्षेत्रका अधिकांश पसल खुलेका छन् तर यातायातका सवारी साधन भने चलेका छैनन्। लामो तथा छोटो दूरीका सवारीका साधन भने सञ्चालनमा आएका छैनन्।

शिक्षण संस्थामा पठनपाठन भने ठप्प पारिएको छ। मुख्य चोकहरुमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ। 

बन्द सफल पार्न नेकपा (प्रचण्ड) समूहका नेता कार्यकर्ताहरु बिहानैदेखि ठाउँ–ठाउँमा प्रदर्शन गर्नुका साथै टायर बालेर नारावाजी गरेका छन्। 

आमहड्तालमा उत्रेका २२ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए।

आमहड्तालका कारण भारतबाट आउने व्यक्तिहरु नाकामै अलपत्र परेका छन्।

प्रकाशित मिति: : 2021-02-04 14:15:00

प्रतिकृया दिनुहोस्