नेपालको पहिलो महिला बक्सिङ खेलाडी सोनी डंगोलको कोरोना संक्रमणबाट निधन भएको छ। ४५ वर्षीय डंगोल नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो महिला बक्सर पनि हुन्।
उनी विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आइरहेकी थिइन। सोनीको बुधबार राती न्युयोर्कस्थित जमैका अस्पतालमा निधन भएको हो।
उनलाई एक साताअघि स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।
परीक्षणमा छोरीबाहेक सबैलाई कोरोना संक्रमण पुष्टी भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिए।
उनी न्युयोर्कको ब्रुकलिनमा सैलुन चलाउने गर्थिन। गत वर्ष उनले जमैकामा घर किनेको श्रीमान विजय डंगोलले बताए।