समयमै उपचार नपाउँदा नयाँ क्यान्सर पीडित पनि अन्तिम स्टेजमा

थाहा खबर

काठमाडौँ

सविना खनाल

नेपालमा कोरोना भाइरस महामारी फैलँदा सयौं संक्रमितले ज्यान गुमाए।

महामारी नियन्त्रण गर्न लामो समयसम्म नेपालमा लकडाउन गरियो, त्यसको प्रत्यक्ष असर दीर्घरोगीहरूमा पनि पर्‍यो। उनीहरूले नियमित रूपमा पाउनुपर्ने सेवा ठप्पप्राय: भयो।

समयमै उपचार पाउँदा आराम पाउने गरेका क्यान्सर रोगीहरूलाई एक वर्ष यताको अवधि सकसपूर्ण भएको छ।

समयमै उपचार पाउँदा पूर्ण सञ्‍चो खालमा क्यान्सरका बिरामीहरू ढिलो अस्पताल पुगेकाले उनीहरूमध्ये धेरैकै स्वास्थ्यावस्था खराब भइसकेको चिकित्सकहरू बताउँछन्‌ ।​

हालसालै क्यान्सर, तर अन्तिम स्टेजमा

वीर अस्पतालको क्यान्सर रोग उपचार विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेश आचार्य भन्छन्‌, 'कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लामो समय लकडाउन लगाउँदा अस्पतालहरूले पूर्ण रूपमा सेवा दिन सकेनन्‌, लकडाउन खुलेपछि बिरामीहरू बल्लतल्ल अस्पताल आउन सके, तर उनीहरूमध्ये धेरैको क्यान्सर फैलिएर अन्तिम स्टेजमा पुगिसकेको छ।'

पछिल्लो एक-दुई महिनामा पहिचान भएका धेरै बिरामीहरूको शरीरभित्र क्यान्सर पूर्ण रूपमा फैलिएको र उनीहरू जटिल अवस्थामा पुगिसकेका उनले बताए।

 

प्रकाशित मिति: : 2021-02-04 09:11:00

प्रतिकृया दिनुहोस्