कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका बन्दकर्ता पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Photo - Ushakiran Timsena FB
Photo - Ushakiran Timsena FB

नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट पक्राउ गरेको छ।

आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। उनीसँगै हितमान शाक्य, अमृता थापा, चाबहिलबाट कृष्ण केसी, बागबजारबाट रमेश मल्ललगायतका नेताहरू पक्राउ परेका छन्।

बन्दकर्ताले गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए। प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरुमा असंवैधानिक रुपमा गरिएको नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2021-02-04 07:41:00

प्रतिकृया दिनुहोस्