कालीबहादुर खामले ओलीसँग मागे मन्त्री पद

नेपाल खबर

काठमाडाै‌ं

ज्यानमुद्दा लागेर फरार रहेका पूर्वजनमुक्ति सेनाका डिभिजन कमान्डर कालीबहादुर खामले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री पद मागेको खुलेको छ।

प्रतिनिधि सभा विघटन गरेपछि ओलीले पूर्वजनमुक्ति सेनालाई आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेका छन्। त्यसका लागि उनले खामलाई बालुवाटारमै बोलाएर दुई पटक भेटिसकेका छन्। 

ओली–खाम पहिलो भेटमा रुकुमका एक नेकपा नेताले सम्पर्कसूत्रको काम गरेका थिए।

ओलीलाई भेट्न दोस्रो पटक बालुवाटार जाँदा भने खामले पूर्वडिभिजन कमान्डर धनबहादुर मास्की र अन्य तीन जनालाई पनि सँगै लगेका थिए। 

सोही भेटमा खामले आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीसँग राखेको खामसँगै बालुवाटार गएका एक पूर्वबटालियन कमान्डरले नेपालखबरलाई बताए।

‘पुसको दोस्रो हप्ता बालुवाटारमा भेट भएको थियो। छलफलमा खाम दाइले प्रधानमन्त्रीसँग खुलेर लाग्नुपर्ने भए आफूलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो,’ उनले भने।

प्रकाशित मिति: : 2021-02-03 09:25:00

प्रतिकृया दिनुहोस्