विप्लव समूहका नेतालाई भेट्न नख्खु जेल पुगे खानेपानीमन्त्री

खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार थुनामा रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। म‌गलबार बिहान कारागारको निरीक्षण गर्ने बाहानामा नख्खु पुगेका   मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन् ।
बिहान करिब १० बजेतिर उनी नख्खु जेल पुगेका थिए।

डेढ घण्टा जति उनले त्यही बिताए। त्यसै क्रममा नेता वलीसँग भेट भएको हो। ' कारागार भित्र नै निरिक्षण गर्न भन्दै त्यहाँ पुगेका मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेकाे कारागार कारागार स्रोतले जानकारी दियो। 

प्रतिनिधिसभा विघटनपछि नेकपा कम्युनिस्ट पार्टी ( नेकपा)मा दुई गुट भएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबन्ध लगाएको विप्लव समूहसँग केही सकारात्मक देखिएका छन्।

सकारले विप्लव समूह माथि लगाएको प्रतिबन्ध समेत फुकुवाको लागि पहल भइरहेकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2021-02-02 12:17:00

प्रतिकृया दिनुहोस्