घुस रकमसहित सशस्त्रका एक प्रहरी हवल्दारलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ।
महोत्तरीको रामनगरस्थित सशस्त्र बेस क्याम्पमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार श्रवण बस्नेतलाई नगद १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
उनलाई महोत्तरीकै गौशाला नगरपालिकाको निगौल चौकबाट घुस रकम लिदै गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको हो।
पक्राउ परेका हवल्दार बस्नेतले स्थानीय एक काठ तस्करलाई काठ तस्करी कार्यमा सहयोग पु-याएवापत नगद १५ हजार रुपैयाँ घुस लिएका थिए।
बर्दिबासस्थित अख्तियारको कार्यालयबाट टिकाराम भण्डारीको नेतृत्व खटिइएको टोलीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ।
अख्तियारको टोलीले बस्नेतसँगै उनले प्रयोग गरेको ना १ झ ८६४ नम्बरको भ्यानसमेत बरामद गरेको छ।
बरामद भएको भ्यान रामनगर सशस्त्र वेस क्याम्पको रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ।