शिकारी कुकुरहरू मान्छेका साथी कसरी बने ?

शिलापत्र

काठमाडाै‌ं

बरफयुगका साइबेरियन सिकारीहरूले २३ हजार वर्षअगाडि कुकुरलाई घरपालुवा बनाएका हुन सक्छन्  । बरफयुगको अन्त्यतिर ढुङ्गाका तिखा र धारिला हतियार बाेकेका मान्छे निकै चिसो उत्तरपूर्वी साइबेरियामा बिजोन र रौँ भएका ठूला जनावरहरूलाई पछ्याउँदै घना घाँसे मैदानतिर लाग्थे ।

तिनीहरूका साथमा ब्वाँसोजस्तै देखिने जनावर पनि साथमा देखिन्थे । यिनीहरू नै थिए संसारका पहिलो कुकुर । यिनैका सन्तान पूर्व र पश्चिमतिर फैलिँदै गए । युरेसियाको आवादी साथै अमेरिकी आदिवासीसित सहकार्य गर्दै अमेरिकामा फैलिए । यो प्राचीन मानव र कुकुरको अनुवंश अध्ययनलाई समायोजन गरेर ल्याइएको नयाँ खालको अध्ययनको परिदृश्य हो ।

प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित विश्लेषणले कुकुरहरू कहिलेदेखि घरपालुवा हुन थाले भन्ने वर्षौंदेखिको विवाद अन्त्य गर्ने लक्ष्य राखेको छ । यसले कसरी शिकारी कुकुरहरू एक नम्बरका बफादार साथीमा रुपान्तरण भए भन्नेसम्म व्याख्या गर्न सक्ने देखिन्छ । कान्सास विश्वविद्यालय, लरेन्सका मानवशास्त्रीय अनुवांशिकी तथा प्राचीन अमेरिकीबारेका विज्ञ जेनिफर राफले भन्छिन्, 'म यो अध्ययन रुचाउँछु ।' 

यसरी पत्ता लागेको रहस्यलाई ढुक्क भएर भन्न अझै  धेरै प्राचीन कुकुर र मानवको अनुवांशिकी समूहहरू आवश्यक पर्ने उनले बताइन् । तर, पहिले नै, कसरी कुकुरको कथा र मानवको कथा मिल्न गयो भन्नेचाहिँ गज्जबलाग्दो छ ।

प्रकाशित मिति: : 2021-02-01 17:42:00

प्रतिकृया दिनुहोस्