कांग्रेस सभापति देउवाद्वारा सु कीलाई तत्काल रिहाईकाे माग

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

म्यानमारको सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा नेपाली कांग्रेसले निन्दा गरेकाे छ।

नेपाली सभापति शेरबहादुर देउवाले सोमबार ट्विटरमार्फत प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई नजरबन्दबाट तत्काल रिहा गर्न म्यानमारको सेनासँग आग्रह गरेका छन्। देउवाले भनेका छन्, "म्यानमारको सेनालाई आङ सान सू चीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली कांग्रेस आग्रह गर्दछ।"

सोमबार संसदको पहिलो सत्रको बैठक बस्नुअघि सेनाले राष्ट्रपति, मन्त्री, सांसद र मुख्यमन्त्रीलाई नजरबन्दमा राख्दै थुप्रै नेताहरूलाई हिरासतमा राखेकाे छ। पाँच दशक म्यान्मारको राजनीतिमा हावी भएको सेनाले शक्ति पृथकीकरणको सिद्धान्तअन्तर्गत २०१५ मा प्रजातान्त्रीक व्यवस्था अपनाउने घोषणा गरेको थियो। 

नेतृ सु की र राष्ट्रपति विन मिन्टलाई राजधानीमा नजरबन्दमा राखिएको छ। अहिले राजधानीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। मोबाईल र इन्टरनेट सेवा पनि ठप्प बनाइएको छ। एक वर्षका लागि आपतकाल घोषणा गरेको समाचार सेनाले आफ्नो टेलिभिजन च्यानलबाट दिएको हो। 

म्यान्मारको नयाँ राजनीतिक गतिविधिलाई लिएर अमेरिका र अस्ट्रेलियाले तुरुन्त प्रतिक्रिया दिएका छन्। उनीहरूले नजरबन्दमा रहेका तथा थुनिएका एनएलडीका नेताहरूलाई अविलम्ब रिहा गर्न तथा प्रजातन्त्र बहाल गर्न आग्रह गरेका छन्।

‘म्यान्मारमा प्रजातन्त्रलाई स्थायित्व दिन भएको चुनावको नतिजालाई उल्टाउने कुनै काम हुन्छ भने अमेरिका त्यसको घोर भत्र्सना गर्दछ। र, यसको लागिग जस्तोसुकै कदम उठाउन सक्छ,’ ह्वाइट हाउसकी प्रवक्ता जेन पासाकीले एउटा विज्ञप्ती निकाल्दै अमेरिकाको धारणा राखेकी छिन्।

म्यान्मारमा सेनाद्वारा एक वर्ष संकटकाल, अमेरिकाको आपत्ति

म्यान्मारमा सैन्य ‘कू’, आङ सान सु कीसहित प्रजातान्त्रिक नेताहरु नियन्त्रणमा

प्रकाशित मिति: : 2021-02-01 14:28:00

प्रतिकृया दिनुहोस्