म्यान्मारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर फेरि सैनिक शासन शुरू भएको छ । सैनिक शासन र संकटकाल लगाएसँगै प्रजातन्त्रवादी नेत्री आङ सान सु ची नजरबन्दमा परेकी छन् ।
प्रजातन्त्रको लागि लामो संघर्ष गरेकी ७५ वर्षीया सु चीको नेपालसँग पुरानो सम्बन्ध छ । नेसनल लीग फर डेमोक्रेसी पार्टीकी अध्यक्ष सु चीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।
भर्खरै सम्पन्न निर्वाचनमा सु चीको पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । सु चीलाई नजरबन्दमा राखिएको विषयमा विश्वभरबाट विरोध भइरहेको छ ।
प्रजातन्त्रवादी नेत्री सु चीको नेपालसँग लामो समयदेखिको सम्बन्ध छ । सन् १९६२ मा सु ची पहिलोपटक नेपाल आएकी थिइन् ।