विदेशले तातो हावामात्र खुवायो, आफैंले खोलेको सैलुनले कार चढ्ने बनायो

सेतोपाटी

चितवन‌ं

राजेश घिमिरे

चितवनको माडी भैरवपुरका विष्णु थापा मगरले वसन्तपुरमा सुविधासम्पन्न सैलुन चलाउन थालेको तीन वर्ष भयो। साढे ४ वर्ष खाडी मुलुकमा काम गरेका विष्णुले ६ महिने तालिम र २ वर्षे जागिरपछि आफ्नो व्यवसाय सुरू गरेका थिए। अहिले उनको कमाइ वैदेशिक रोजगारीमा हुँदाभन्दा बढी छ।

साउदी अरबमा बर्गर किङ्ग्समा क्यासियर र मलेसियामा सुपरमार्केटमा काम गर्न पुगेका विष्णुलाई त्यहाँको कमाइ सोचेजस्तो लागेन र फर्किए। देशमै केही गरौं भन्ने हुटहुटीले डुल्दै गर्दा भरतपुरको चौबिसकोठीमा पपुलर युनिसेक्स सैलुन चलाउने श्रीराम सिग्देलसँग भेट भयो।

सिग्देल पनि खाडीको रोजगारी छाडेर फर्किएका थिए।

‘विदेशमा अर्को काम गरेर फर्किएका सिग्देलले यसरी व्यवसाय नै चलाएर बसेका छन् भने म पनि यसैगरी जम्न किन नसक्ने?' विष्णुलाई लाग्यो।

विष्णुले सिग्देलसँग ६ महिनाको तालिम लिए।

प्रकाशित मिति: : 2021-02-01 11:22:00

प्रतिकृया दिनुहोस्