व्यवस्थित शहरी विकासलाई प्राथमिकता दिन अध्यक्ष गोल्छाको सुझाव 

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिएका छन्। 
अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको पनि बताए। 
नेपाल उद्योग वाणिज्य महासंघकाको कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठको सभापतित्वमा गठित शहरी विकास समिति विस्तार भएको समितिकालाई गोल्छाले सम्बोधन गरेका थिए । समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह चुनिएका छन्। 
समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ्ग एशोसिएसन (एनईए) का पूर्वअध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्व अध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ्ग लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर ई.डा.पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानूनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी छन्।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत छन्।  
त्यसैगरी समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स कम्पनी नेपाल लि.का संचालक कृष्ण बोहोरा, गंगा प्रा.लि. (रियल ईस्टेट) चितवनका अध्यक्ष सिए दिनेश चुके, आईएनजीए रियल इस्टेट प्रा.लि., बुटवलका संचालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम हाउजिङ्ग प्रा.लि.,विर्तामोडका प्रबन्ध सञ्चालक, सुदीप प्रसाई, उत्तरगंगा इन्भेष्टमेण्ट गु्रप प्रा.लि., सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रा.लि., विरगञ्जका सञ्चालक, ई. हेमन्त बैद्य छन्।

प्रकाशित मिति: : 2021-01-31 12:02:00

प्रतिकृया दिनुहोस्