वर्तमान अवस्थाको कारक सत्ताधारीको द्वन्द्व : अध्यक्ष ठाकुर

File Photo
File Photo

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताएका छन्।

राष्ट्रिय इञ्जिनियर सङ्घको राष्ट्रिय भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले सत्ताधारीद्वारा सङ्कट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाएका हुन्। 

अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको सङ्कटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले सङ्कट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनर्स्थापना गर्नेलाई उनी ठूलो राष्ट्रद्रोही ठान्ने बताए। उनले सङ्घीय संरचना प्राप्त भए पनि शासन विभेद गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको छैन भने।

सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक–पटक समस्या उत्पन्न हुने गरेको धारणा राखे। रासस

प्रकाशित मिति: : 2021-01-31 06:51:00

प्रतिकृया दिनुहोस्