बादलले प्रचण्डलाई भने, ‘पार्टीमा फर्किनुहोस् प्रधानमन्त्री दिन्छौं, मतपत्र च्यात्नु पर्दैन’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभाजित पार्टी छोडेर हिँडेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्केको खण्डमा प्रधानमन्त्री दिने भएताका छन्। 

प्रचण्डकै गृहजिल्ला  चितवनमा  शनिवार नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्ने षड्यन्त्र गरिएपछि संसद विघटनको बाध्यात्मक कदम चाल्नु परेको बताएको समेत बताएका हुन्। 

‘उनीहरूले प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गरे, उनीहरूको षड्यन्त्र असफल पार्न सरकार र पार्टीले संसद विघटनको ऐतिहासिक कदम उठायो। संसदको दुरुपयोग गरेर सरकारको नेतृत्व अपदस्त गर्ने र देशमा अस्थिरता पैदा गर्न चाहन्थे, त्यो रोक्न बाध्यात्मक र साहसिक कदमको रूपमा संसद विघटन गरिएको हो,’ थापाले भने,‘ प्रतिनिधिसभा विघटनलाई जनताले अनुमोदन गरेका छन् अब  देश निर्वाचनमा होमियो।’

उनले प्रचण्ड पार्टीमा फर्केर आएको खण्डमा अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका छन्। ‘म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहान्छु, आउनुस प्रधानमन्त्री हुने अवसर यही निर्वाचनले दिन्छ। यो विशाल जनताले तपाईलाई त्यो मौका दिनसक्छ। यो सभाले हाम्रो जित घोषित गरिसक्यो, तपाई पनि पार्टीमा फर्किनुस। तपाईहरुलाई मतपत्र च्यात्न आवश्यक छैन। जनताले गल्तीमा माफ दिनेछन,’ गृहमन्त्री थापाले सभालाई सम्बोधन गर्दै भने।

प्रकाशित मिति: : 2021-01-30 17:46:00

प्रतिकृया दिनुहोस्