‘नेकपा फुटेको छैन्, खराब मान्छे मात्रै निस्केका हुन्’– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटेको बताएका छन्। उनले पार्टी भित्रका खराब मान्छेहरु मात्र निस्किएको बताए।

शनिबार चितवनमा आयोजित आमसभामा प्रधानमन्त्रीले भने,  ‘पार्टी फुटेको छैन, पार्टी फुटेको होइन। केही मानिस बाहिरिएका हुन्। हामीले निचोरेको होइन। उनीहरु आफै निचारिएका हुन।’ 

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधब नेपालको उद्देश्य राम्रो नभएको टिप्पणी गरेका छन्। ‘पार्टी ध्वस्त पार्ने, देश सखाप पार्ने मनसाय छ’, उनले भने।

आफूले राजमार्ग चौडा बनाउने कामको शिलान्यास गर्दा विरोधीहरु छटपटाइरहेको उनको भनाई थियो। उनले भने, ‘सभाहल बन्दा। बाटो बन्दा किन पिर परेको छ। चितवन जिल्ला विकासको काममा अगाडी बढिरहेको छ। यहाँ आकर्षक नयाँ पुल बन्दैछन्। नारायणी राप्तीमा तटबन्धन बन्दैछ।’

चितवनमा प्रचण्डले केही नगर्न चाहे पनि आफूले विकासको लहर ल्याउने प्रधानमन्त्रीको भनाई थियो।  

प्रकाशित मिति: : 2021-01-30 17:10:00

प्रतिकृया दिनुहोस्