बिशाल बिहानी
एकान्तमा बसेको बेला
टोलाई रहन्छु
अनि सोच्ने गर्छु
म के कारणले मानिस
भएर पनि मानिस
भनेर
चिनिन सकिनँ ?
मलाई मेरो समाज
अनि मेरो देशकाले नै
कहिले धनी देखे
कहिले गरिब देखे
सम्पन्नलाई छुट्टै व्यवहार
अलि गरिबलाई छुट्टै व्यवहार
न एक समान गर्यो
न त सहि पहिचान
सबै देख्यो
तर मानिस कसैले देखेन
शारीरिक बनावट उस्तै छ
काटे रगत उस्तै निस्कन्छ
रगत चल्छ सिप चल्छ
तर पानी चल्दैन
कहिले सानो जात देखे!
कहिले दलित त कहिले सुद्र देखे
तर,मानिस कसैले देखेन
धनी देख्यो,गरिब देख्यो
सानो जात देख्यो
ठूलो जात देख्यो
असल देख्यो,खराब देख्यो
जागिरे देख्यो, बेगारी देख्यो
तर मलाई म भित्रको
मानिस कसैले देखेन
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया