बिशाल बिहानी
एकान्तमा बसेको बेला
टोलाई रहन्छु
अनि सोच्ने गर्छु
म के कारणले मानिस
भएर पनि मानिस
भनेर
चिनिन सकिनँ ?
मलाई मेरो समाज
अनि मेरो देशकाले नै
कहिले धनी देखे
कहिले गरिब देखे
सम्पन्नलाई छुट्टै व्यवहार
अलि गरिबलाई छुट्टै व्यवहार
न एक समान गर्यो
न त सहि पहिचान
सबै देख्यो
तर मानिस कसैले देखेन
शारीरिक बनावट उस्तै छ
काटे रगत उस्तै निस्कन्छ
रगत चल्छ सिप चल्छ
तर पानी चल्दैन
कहिले सानो जात देखे!
कहिले दलित त कहिले सुद्र देखे
तर,मानिस कसैले देखेन
धनी देख्यो,गरिब देख्यो
सानो जात देख्यो
ठूलो जात देख्यो
असल देख्यो,खराब देख्यो
जागिरे देख्यो, बेगारी देख्यो
तर मलाई म भित्रको
मानिस कसैले देखेन
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया