महामारीलाई अवसरमा बदलेकी १७ वर्षीया जया

रातोपाटी

काठमाडाै‌ं

सन् २०२० कतिका लागि अभिशाप बनेर आयो भने कतिका लागि अवसर । कोरोना महामारीले कतिलाई बेरोजगार बनायो, कतिका व्यापार व्यवसाय बन्द भए । दिनभरी मजदुरी गरेर छाक टार्नुपर्ने वर्गको त बेहाल नै भयो । घरघरमा गएर काम गर्नेहरुलाई कोरोनाको डरले काममा नआउन भनियो । यसले उनीहरुको गाँस खोसियो तर केही मनकारीहरुले उनीहरुलाई खाना खुवाए पनि । 

फेरि पनि, यही महामारीले कतिलाई रोजगारी दिलायो र कतिले नयाँ व्यापार व्यवसायको सुरुवात गरी महामारीको भरपुर उपयोग गर्न सफल भए । महामारीले सिर्जना गरेको असहज परिस्थितिलाई अवसरको रुपमा परिणत गर्नेमध्ये एक हुन्– १७ वर्षीया जया राजभण्डारी ।

महामारीले रोजगारी खोसिएका धेरै नागरिक आ–आफ्ना थातथलोमा फर्किँदै थिए । फर्किन नसकेका वा राजधानीमै स्थायी बसोबास भएकाहरु कोही सडकमा खानाको प्रतीक्षामा बसेका, त कोही राहतको प्रतीक्षामा ।

त्यस्तालाई रोजगारी दिनकै लागि लकडाउनको उपयोग कसरी गर्नेबारे जया दिनरात अध्ययनमा लागिन् । ए लेभलकी विद्यार्थी जयाको यो हर्कतले उनकी आमालाई कता कता छोरीले पढाई बिगार्ने पो हो कि भन्ने चिन्ताले तर्साएको थियो । उनले जयालाई यी सबैबाट टाढा बस्न र पढाईमा ध्यान दिन भनिन् तर जयाले रोकिने छाँटकाँट देखाइनन् ।

प्रकाशित मिति: : 2021-01-30 13:54:00

प्रतिकृया दिनुहोस्