​​​​लाहुरे गाउँको परिचय फेरेर पर्यटनको ‘हब’ बन्दैछ घान्द्रुक

सेतोपाटी

काठमाडाै‌ं

कुनै बेला कास्कीको घान्द्रुकका प्रत्येक घरका कम्तीमा एक जना सदस्य लाहुरे हुन्थे। 

बेलायती सेना, सिङ्गापुर पुलिस र भारतीय सेनामा भर्ती नभएका युवा गाउँका कुनै घरमा बाँकी थिएनन्।

कुनै घरका त सबै दाजुभाइ नै लाहुरे भएका थिए। यही लाहुरे संस्कृतिका कारण घान्द्रुकलाई ‘लाहुरे गाउँ’ भनेर लामो समय चिनियो।

घान्द्रुकका विक्रम गुरुङका बुबाका चार जना दाजुभाइ थिए। सबै लाहुरे। विक्रमले पनि लाहुरे बन्न चाहेका थिए। 

ब्रिटिस आर्मीमा होस् या सिङ्गापुरे पुलिस। कहीँ पनि उनी छनौट भएनन्। भारतीय सेनामा भर्ती लिन आएको टोलीले पनि उनलाई छनौट गरेन।

त्यसो त विदेशी सेना र पुलिसमा भर्ती लिन ती देशहरूले पनि संख्या कटौती गर्दै थिए। अहिले पनि गरिरहेकै छ। नेपाली युवालाई आफ्नो देशको सेनामा भर्ती गराउन आउँदा बीसौं हजार युवा लाइन लाग्न पुग्छन्।

धेरै युवा लाहुरे बन्ने अन्तिम सपना साँचेर पहिल्यैदेखि लाहुरे तालिम केन्द्रमा भर्ना भएर कसरत गर्छन् त कोही गाउँघरमै लाहुरे बन्न बिहानै उठेर दौडिनेदेखि अरू कसरत गर्छन्।

योग्य हुँदाहुँदै पनि धेरै युवा लाहुरे बन्न सक्दैनन्। कारण उनीहरूले भर्ती लिने कोटा निकै थोरै हुन्छ, भर्ती हुन आउने युवाको संख्या हजारौं। लाहुरेमा छनौट नहुँदै उमेर ढल्किएपछि विक्रम २०४८ सालमा कोरिया हानिए।

गुरुङ गाउँमा अहिले पनि लाहुरे संस्कृति यथावत् छ। लाहुरे बनेर छुट्टीमा आएका युवालाई गाउँलेले दिने मान-सम्मान छुट्टै छ। गाउँमै बसेर काम गर्ने युवालाई भने लाहुरेलाई जस्तो मान-मनितो हुँदैन। गुरुङ गाउँमा उच्च शिक्षा हासिल गरेर शिक्षक भएका युवाभन्दा ८ कक्षा पास भएर लाहुरे भएकाहरूको भाउ ठूलो छ।

विदेशी सेना र प्रहरीमा भर्ती हुन नसके पनि विक्रमलाई गाउँमा लाहुरेको आकर्षणले लोभ्याएको थियो। कोरिया गएर उनी पनि ‘लाहुरे’ भए। कोरियामा ६ वर्ष बसेर फर्केपछि उनी तीन वर्ष नेपालमै बसे। बेलायती सेनामा भर्ती हुने र सपरिवार बेलायत जाने प्रचलन घान्द्रुकमा स्थापित भइसकेको थियो।

प्रकाशित मिति: : 2021-01-29 16:54:00

प्रतिकृया दिनुहोस्