भारतले सीमा मिचेपछि बंगलादेशसँग तनाव

File Photo
File Photo

भारतले बंगलादेशसँगको सीमामा लगाइरहेको काँडेतार लगाउने काममा बंगलादेशले रोक लगाएपछि तनाव सिर्झना भएको छ।

पछिल्लोपटक सीमा क्षेत्रमा चलिरहँदा भारतले सिमानामा काँडेतार लगाउने काम सुरु गरेको थियो। यो कार्यको विरोद गर्दै, बङ्गलादेश सुरक्षा बलमार्फत रोकिएपछि सीमा विवाद पुनः सतहमा आएको हो।

 बङ्गलादेशले विवादीत क्षेत्रमा काँडेतार लगाएकोेप्रति आपत्ति जनाउँदै, भारतीय पक्षलाई काम रोक्न चेतावनी दिएको छ। यो घटनालगतै सीमा क्षेत्रमा पर्ने भारतीय बजार बन्द गरिएको छ। 

भारतको पूर्वोत्तरमा पर्ने त्रिपुरा राज्यको सिमाना उत्तर, दक्षिण र पश्चिममा बङ्गलादेशसँग जोडिएको छ। भारत–बङ्गलादेशको सीमा क्षेत्र ८५६ किलोमीटर लामो छ। 

सबै छिमेकी देशसँग कतै न कतै सीमा विवाद देखिन्छ। यसलाई कतिपय भारतीय कूटनैतिक असफलता पनि भन्ने गर्छन्। यद्यपि, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार, यो तर्क सही मान्दैन। पछिल्लो समय प्रायः छिमेकी देशसँग सीमा विवादका दृश्य बढि नै देखिएकोे भारतीय कुटनीतिज्ञ दाबी गर्छन्। नेपाल, चीन, पाकिस्तान र बङ्गलादेशसँग भारतको सीमा विवाद हालसम्म जारी छ। 

नागाल्यान्ड राज्यसँग जोडिएको म्यान्मारको सीमा विवाद सुल्झाउने प्रयास भने केही सकारात्मक देखिन्छ। दक्षिण त्रिपुरा जिल्लाको सिमावर्ती इलाकामा भारत र बङ्गलादेशको सीमा विवाद तिब्र देखिन्छ। थ्रुपै स्थानको लामो समयपछि सीमा विवाद समाधान गरेपनि बसरुमको विवाद भने, अझैसम्म टुगिंएको छैन। यो ठाउँमा बेलाबेला तनाब बढ्ने भएपछि भारत सरकारले धारा १४४ लागू गरेको छ।

बसरुममा जारी तारबार गर्ने गतिविधि रोकेको भन्दै, स्थानीयले बङ्गलादेशविरुद्व प्रदर्शनसमेत गरेका छन्। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा केही भाग खुला हुँदा तस्करी गर्ने कार्य बढेको भारतीय पक्षको दाबी छ। 

बीएसएफ आईजी सुशान्त नाथका अनुसार भारतीय भूमिका बनिरहेको ताँडेतार लगाउने काम रोकेर बङ्गलादेशले विवाद उत्पन्न गर्ने काम गरेको आरोप लगाएका छन्। यद्यपि, दुबै पक्षबीचको विवाद सुलझाउने कोशिश भने जारी रहेको उनले बताए।

प्रकाशित मिति: : 2021-01-29 15:05:00

प्रतिकृया दिनुहोस्