नेदरल्याण्डमा बन्दाबन्दीविरुद्व हिंसात्मक प्रदर्शन

बिएल संवाददाता

नेदरल्याण्ड

नेदरल्याण्डमा मंगलबार हिंसात्मक प्रदर्शन भएको छ। सरकारले कोरोना रोकथामका लागि दोस्रो चरणको बन्दाबन्दी (लकडाउन) सुरु भएको छ। 

देशमा जारी बन्दाबन्दीविरुद्व नागरिकले अलोचना र बिरोध गरेका छन्। लगातार तीन दिनसम्म जारी बन्दाबन्दीले नागरिक आजित बनेपछि, सरकारविरुद्व सडकमा उत्रिएका हुन्।

सहरका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि अवस्था तनावपूर्ण बनेको थियो।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि देशभर दोस्रो चरणको क्फ्र्यूसहित थ्रुपै पर्यकीय स्थलमा प्रतिबन्ध लगाएको छ। 

नागरिकले घर बाहिर निस्किन नपाएपछि विद्रोह सुरु गरेका छन्। उनीहरुले सडकमै दंगा मच्चाएपछि, प्रहरीले रोक्ने प्रयास गरेको थियो। लगतै, प्रदर्शनकारी र प्रहरबीच हिंसात्मक झडप भयो। 
 

प्रकाशित मिति: : 2021-01-28 19:47:00

प्रतिकृया दिनुहोस्