 
                                            
                                        
                                     
                                हेमन्त विवश
 
                                पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ।
होटल तथा पर्यटन महासंघ सुदूर–पश्चिम प्रदेशका अध्यक्ष एवम् भिग्राना होमस्टेका सञ्चालक दीपक खड्काले खप्तडको पर्यटन प्रवद्र्धनका लागि धनगढी, डोटीको दिपायल र भिग्रानाबाट हेली टुरको सञ्चालन गरेका हुन्।

हेली टुरको पहिलो दिन सुदूर–पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित ३५ जना खप्तड क्षेत्र पुगे। टोलीमा प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री प्रकाश शाह, पर्यटनमन्त्री माया भट्ट सहभागी थिए ।
हेली टुरमा मध्यवर्ती क्षेत्र विकास समिति अध्यक्ष रामप्रसाद उपाध्याय, पर्यटन बोर्ड सदस्य कृष्णबहादुर महरा, डोटी उद्योग–वाणिज्य संघका मोहन कलेल, साइकल यात्री भरतविक्रम शाह, खप्तड विकास बोर्डका अध्यक्ष हर्कबहादुर सिंह, खप्तड विकास समिति कार्यकारी प्रमुख भीमबहादुर खड्का खप्तड यात्रामा थिए।
 
कार्यक्रममा साइकल यात्री भरतविक्रम शाहले ५० हजार मूल्य बराबरको साइकल खप्तड राष्ट्रिय निकुञ्जलाई प्रदान गरे । खप्तड आउने पर्यटकलाई प्रयोग गर्न शाहले आफ्नो सबै परिवारका सदस्यको नाम लेखेर साइकल दिएका हुन्।

खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि शाहले सुदूरपश्चिमका पर्यटकीय स्थलमा साईकल यात्रा गर्दै आएका छन्।
हेलिकोप्टरमार्फत् खप्तड घुम्नका लागि फरक–फरक प्याकेजको व्यवस्था गरिएको छ। खड्काले धनगढी, दिपायल, भिग्रानाबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको जानकारी दिए।

हेलीमार्फत् खप्तड पुग्न डोटीको भिग्रानाबाट पाँच मिनेट, दिपायलबाट १० मिनेट र धनगढीबाट ४० मिनेट लाग्ने बताइएको छ।
कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न खड्काले हेलीटुर सञ्चालन गरेको बताए।


 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया