नेता र उच्चपदस्थले कोरोना भ्याक्सिन नलगाउने, तलमाथि भए सरकारले जिम्मा लिने

थाहा खबर

काठमाडाै‌ं

सरकारले कोरोना विरुद्ध भारतीय कम्पनी सिरम इन्स्टिच्युटमा उत्पादित 'कोभिसिल्ड' खोपको १० लाख डोज हात पारिसकेको छ।

 

अतिन आचार्य

खोप पाएसँगै सरकारले लगाउने तयारी पनि थालेको छ। भोलि (माघ १४) गतेदेखि सुगम तथा पुगेका स्थानका अस्पतालहरूमा खोप लगाउन थाल्ने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌।

कोरोना महामारी नियन्त्रणमा खटिएका अग्रपङ्‌क्तिका योद्धा (फ्रन्टलाइनर) हरूलाई पहिलो चरणमा खोप लगाइँदैछ। पहिलो चरणमा गरी ४ लाखभन्दा बढीले खोप लगाउने भएका छन्।

दोस्रो चरणसम्ममा ९ लाख जनतालाई खोप लगाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री केपी शर्माले ओलीले बालुवाटारबाट खोप अभियान उद्घाटन गर्ने भएका हुन्।

खोप लगाउँदा एउटा फारम पनि भर्नुपर्नेछ। दोस्रो पटक लगाउन जाँदा पुनः त्यहीँ फारम लिएर जानुपर्नेछ। सरकारले केही नहुने भन्दै निर्धक्कसँग खोप लगाउन भनेको छ। 

नेपालमा कोरोना देखिएपछि प्रतिनिधि सभाका सांसद तथा मन्त्रीहरूले नयाँ बानेश्वरस्थित संसद भवनमा कोरोना परीक्षण गरेका थिए। संसद अधिवेशनमा सहभागी हुनुपर्ने भएकाले त्यतिखेर सो परीक्षण गरिएको थियो। तर, अहिले संसद्‌ विघटन गरिएकाले राजनीतिक दलका नेताहरूले खोप नलगाउने बताइएको छ।

प्रकाशित मिति: : 2021-01-26 13:51:00

प्रतिकृया दिनुहोस्