‘व्यक्ति खराब भएर मात्र अहिलेको संकट आएको होइन’

अनलाइनखबर

काठमाडाै‌ं

र्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल  ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् ।

तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् ।

आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट कार्यान्वयन गर्न सकिने उनको तर्क छ ।

केपी ओलीको सन्दर्भमा प्रश्न गर्दा उनी व्यक्ति खराब भएर मात्रै अहिलेको संकट नआएको बताउँछन् र व्यवस्था नै बदल्नुपर्ने बताउँछन् ।
यिनै सन्दर्भहरुलाई लिएर आहुतीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ–

खड्प्रसाद ओली नेतृत्वको सरकारद्वारा संसद विघटनपछि उत्पन्न संकट पार्टी, गुट वा व्यक्तिको कारणले नभई मूलतः दलाल संसदीय पुँजीवादी व्यवस्थाको असफलताबाट जन्मिएको तपाईंहरुको ठहर छ । तपाईंले परिकल्पना गरेको व्यवस्था चाहिँ कस्तो हो ?

हामीले भनेको वैज्ञानिक समाजवाद हो । यो हामीले मात्रै भनेको होइन, कम्युनिष्ट आन्दोलनले शुरुवातदेखि नै वैज्ञानिक समाजवाद भनेको हा् । कार्ल मार्क्स एंगेल्सहरुले भनेको हो । समाज विज्ञानको नियमअनुसार बनाउने नियम वैज्ञानिक समाजवाद हो ।

तपाईंलाई मानिसहरुले विचारक र मार्क्सवादी चिन्तकका रुपमा चिन्छन् । विचारमा त आहुती खरो छ तर, सांगठनिकरुपमा सफल हुन गाह्रो छ भनेर मानिसहरु टिप्पणी गर्छन् नि !

बैचारिकरुपमा हामी ठीक छौँ भने संगठन बनाउन उहाँहरु आए भैहाल्यो नि । नेतृत्व गर्न पनि उहाँहरु आए भैहाल्यो । यो केही ठूलो कुरा भएन । हामीले नेतृत्व प्रणाली यसरी विकास गर्दै छैनौँ कि नमरेसम्म एउटा मान्छे रहिरहन्छ । निरंकुश हुने गरी बन्ने पुरानो नेतृत्व प्रणाली हामी भत्काइदिन्छौँ ।

महाधिवेशनसम्म पुग्दा हाम्रो सबै नियमावली बन्छ र मान्छेले छर्लंगै देख्छन् कि यो त अर्कै बनाउन लागेको रहेछ । अहिले पनि संयोजन कसैले गर्नुपर्ने भएकाले त्यो भूमिकामा म छु, यसको मतलव, निरंकुश अध्यक्ष, निरंकुश महासचिव परम्परावादी ढंगले बनाउने हाम्रो सोच छैन ।

प्रकाशित मिति: : 2021-01-26 11:39:00

प्रतिकृया दिनुहोस्