शुभ कार्य गर्न नहुने ग्रह अस्तका बेला किन गरे प्रधानमन्त्री ओलीले पशुपतिमा पुजा ?

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडौं, माघ १३ : बृहस्पति र शुक्र दुई ग्रह अस्त तर्फ गएकाले अहिले कुनै पनि शुभ कार्य गर्न साईत नभएका बेला प्राधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथमा विशेष पुजा गरेका छन् । 

ज्योतिषहरुका अनुसार अहिले बृहस्पति ग्रह अस्ताएको छ भने माघको अन्तिमतिर शुक्र ग्रह अस्ताउदैछ । ग्रह अस्तका बेला शुभ कामहरु लाखबत्ति बाल्ने, विवाह, विषेश पुजा, नयाँ कामहरु सुरु गर्न नहुने ज्योतिषहरु बताउँछन्। तर ग्रह अस्त भएका बेला सुरुमा आफुलाई नास्तिक भन्न रुचाउने कम्युनिष्ट प्रधानमन्त्री ओलीले सोमबार पशुपतिमा लाख बत्ति बालेर विषेश पुजाआजा गरेका छन।

प्रकाशित मिति: : 2021-01-26 10:42:00

प्रतिकृया दिनुहोस्