टोटनह्यामले एफए कप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ।
चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वीकोम्बे वान्डेरेर्सलाई ४–१ ले पराजित गरेको हो।
टोटेनहमको जितमा टांगी एनडोम्वेलेले दुई तथा ग्यारेथ बेल र ह्यारी विङ्सले समान एक गोल गरे। वेकम्वका फ्रेड वनीडिन्माले गरेको गोल सान्त्वना बन्यो।
वीकोम्बेका लागि २५ औँ मिनेटमा अनयदिन्माले गोल गरेका थिए। तर टोटनह्यामका लागि पहिलो हाफको दोस्रो मिनेटमा बेलले गोल गर्दै खेल बराबरीमा ल्याए।
टोटनह्यामका लागि ८६ औँ मिनेटमा विन्क्सले गोल गरे। यस्तै एनडोम्बेलेले ८७ औँ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए।
जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश गरेको छ। अब टोटनह्यामले क्वाटरफाइनल प्रवेशका लागि एभर्टनको सामना गर्नेछ। क्वाटरफाइनलका खेलहरु ११ फेब्रुअरीमा हुनेछ।