पूर्वलडाकुलाई सम्मान गर्ने सरकारको निर्णयप्रति डा. भट्टराईको असन्तुष्टी

 जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादी लडाकुलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति कटाक्ष गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका सहिद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ।

यही निर्णयलाई पूर्वप्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले भनेका छन्, ‘पोहोर मरिन् सासु ऐले आयो आँसु’?मेरो पालामा जारी टिआरसी वेपत्ता सम्बन्धी आयोगको अध्यादेश,द्वन्दपीडितलाई रू५लाख नगद प्लस रू ५लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र,बहिर्गमित लडाकुलाई रू२लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको?ऐले गोहीको आँसु चुहाउँदै उधारो समिति गठन?टिआरसी टार्ने मेसो?’ 

मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समितले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित, अपांगता भएकाहरूकाको विवरण संकलन गर्नेछ।

प्रकाशित मिति: : 2021-01-25 07:58:00

प्रतिकृया दिनुहोस्