कलाकार गौरी मल्लको जीवन : विगतको सङ्घर्ष रमाइलो कथा जस्तो लाग्छ

रातोपाटी

काठमाडौँ

कुवेर गिरी

गौरी मल्लनेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । ‘ग्ल्यामर क्षेत्र उमेर र सुन्दरता रहुन्जेल मात्र हो’ भन्ने मान्यता उनले तोडिदिएकी छन् । करिब ४ दशकदेखि निरन्तर रहेकी उनको क्रियाशीलता कला क्षेत्रमा अहिले पनि उत्तिकै देख्न सकिन्छ । वि.सं. २०४३ मा निर्मित र २०४४ मा प्रदर्शित फिल्म ‘सन्तान’बाट अभिनयमा डेब्यु गरेकी उनले ‘पिरती’, ‘कन्यादान’, ‘चोट’, ‘सरस्वती’, ‘चेलीबेटी’, ‘चाहना’ लगायत थुप्रै फिल्ममा अभिनेत्रीको जिम्मेवारी निर्वाह गरेकी थिइन् । अभिनयमा आफूलाई परिष्कृत गर्दै विभिन्न भूमिकामा समेत फिट राख्न सफल उनले अहिलेसम्म एक सयभन्दा बढी स्वदेशी फिल्म, केही विदेशी फिल्म र थुप्रै सानो पर्दाका सिरियलमा काम गरेकी छन् । कलाकारको काम सशक्त अभिनय गर्नु हो । सानो र ठूलो पर्दामा विभेद गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएकी उनले २००२ मा नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन् । सन् १९६७ मा नक्साल काठमाडौँमा जन्मिएकी उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पदकहरु समेत प्राप्त गरेकी छन् ।पछिल्लो समय ‘सिंहदरबार’ शृङ्खलामा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेर दर्शकको मनभित्र दर्बिलो छवि बनाउन सफल कलाकार गौरी मल्लको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

प्रकाशित मिति: : 2021-01-23 17:04:00

प्रतिकृया दिनुहोस्